काठमाडौं- नेपाली सेनाले रिक्त रहेका प्राविधिक/हवाई /विविधतर्फका पदिक तथा बिल्लादार पद र सैन्य पदमा दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सेनाले शुक्रबार एक सूचनामार्फत प्राविधिक/हवाई/विविधतर्फ कुल ४०१ र सैन्य पदमा २६०० भन्दा बढी जनशक्ति माग गरेको हो।
स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् ।
सैन्य पदको योग्यताका हकमा कक्षा ८ पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । यस्तै उचाइ न्यूनतम ५ फिट ३ इन्च पुरुषको हकमा हुनुपर्नेछ भने महिलाको हकमा ५ फिट हुनुपर्नेछ ।
इच्छुक उम्मेदवारले तोकिएको भर्ना केन्द्रमा रिटपूर्वक आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन २०८२ वैशाख २७ गतेभित्र दिनुपर्ने र थप दस्तुर तिरेमा अर्को साता समय दिइने सूचनामा उल्लेख छ।
प्रतिक्रिया