काठमाडौं- नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्बो इको भेहिकलले "नयाँ वर्षमा नयाँ ई–स्कुटर अफर" ल्याएको छ । अफरअन्तर्गत ग्राहकले रु ५० हजार सम्मको आकर्षक नगद छुट सहित उपहारहरु पाउनेछन् ।
इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कम्पनीले दुर्घटना बिमा, आईएसआई मापदण्डको स्तरिय हेलमेट आदिको समेत व्यवस्था गरेको छ ।
काठमाडौ, ललितपुर र भक्तपुरलाई मध्यनजर गर्दै लोकन्थलीमा जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुम रहेको छ । कम्पनीले लेभ्निङ, एमडीकेए, ग्यारो, प्योर ईभी जस्ता विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ ।
जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुमले इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिसमा विशेष ध्यान दिएको छ । ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पेयर पार्ट्स सुपथ मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ जसले गर्दा ग्राहकहरुले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त सुविधा पाउने छन् । यसका साथै होम सर्भिसको पनि व्यवस्था रहेको बताइएको छ ।
हाल जम्वो इकोको मल्टी ब्रान्ड शोरुमले ३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रिक स्कुटर तथा ई–साइकल बिक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख २० हजार रुपैयाँ सम्म रहेका छन् ।
प्रतिक्रिया