काठमाडौं- यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सभा ललितपुरको कुपण्डोलस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ।
सभाले सर्वसाधारणका लागि आईपीओ प्रस्ताव पनि पारित गर्नेछ। यसका साथै गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, वित्तीय कार्ययोजना तय गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिनेछ।
प्रतिक्रिया