काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० ८१ को लागि नयाँ बोनसदर घोषणा गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०८० र८१ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट २०८१ चैत २७ गते स्वीकृत भई २०८१ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम रुपैयाँ २३ देखि ७३ रुपैयाँसम्म घोषणा गरेको हो।
कम्पनीले सावधिक जीवन बीमालेख, सावाधिक तथा आजीवन बीमा योजना, अग्रिम भुक्तानी सावाधिक, अग्रिम भुक्तानी (समुन्नति एनुअल) , महालक्ष्मी सावाधिक जीवन बीमा योजना, महालक्ष्मी सरल जीवन बीमा योजना, महालक्ष्मी हेरचाह बीमा, महालक्ष्मी बाल बचत बीमा र महालक्ष्मी वार्षिक धनफिर्ता बीमाको सबै अवधिको लागि छुट्टाछुट्टै बोनसदर तोकेको छ ।
प्रतिक्रिया