भारतमा इलेक्ट्रिक स्कुटर किन्ने महिलालाई ३६ हजार अनुदान दिईने

सोमबार, ०१ बैशाख २०८२, १६ : ४९

काठमाडौं भारतको दिल्ली सरकारले इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलालाई ३६ हजार भारतीय रुपैयाँसम्म अनुदान दिने भएको छ ।दिल्ली सरकारले तयार पारेको प्रस्तावित ‘इलेक्ट्रिक भेहिकल (ईभी) पोलिसी २.०’को मस्यौदमा यस्तो व्यवस्था गरिएको हो ।

पीटीआइले तयार पारेको मस्यौदा अनुसार ड्राइभिङ लाइसेन्स भएका पहिलो १० हजार महिलाहरूले यो सुविधा पाउने छन् । सरकारले ईभीको प्रयोग बढाउन महिला सहभागितालाई प्रोत्साहन गर्ने नीति अनुसार अनुदान दिन लागेको हो ।

प्रस्तावित नीति अनुसार महिलाले विद्युतीय स्कुटर खरिदमा प्रतिकिलो आवर १२ हजार भारुका दरले अधिकतम ३६ हजार रुपैयाँसम्म अनुदान पाउने छन् । अर्थात् ३ किलोवाट आवर ब्याट्री क्षमताको स्कुटर खरिदमा अनुदान पाउने भएका हुन् ।

यो प्रस्ताव अहिले विधारधीन छ । यसलाई दिल्ली सरकारले चाँडै अनुमोदन गर्ने अधिकारीहरूले जनाएका छन् । केन्द्र सरकारको पीएम ई ड्राइभ योजनालाई कार्यान्वयन गर्न दिल्ली सरकारकाले पूरक नीतिको रूपमा इलेक्ट्रीक भेहिकल पोलिसी २.० नीति बनाएको हो ।

सन् २०३० को मार्चसम्म मान्य हुने यो योजनामा विद्युतीय दुईपांग्रे सवारीसाधनलाई मात्र नभई तीनपांग्रे र व्यवसायिक सवारीसाधनलाई पनि लक्षित गरी प्रोत्साहन नीति अघि सारिएको छ ।

सोमबार, ०१ बैशाख २०८२, १६ : ४९

प्रतिक्रिया