आइएमई लाइफले १ महिनामा गर्यो ३ करोडभन्दा बढीको दाबी भुक्तानी

मंगलबार, ०२ बैशाख २०८२, १६ : १४

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ७५ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो ।

कम्पनीले २० वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड २१ लाख ५७ हजार १७५ रुपैयाँ प्रदान गरेको छ । १७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ६२ लाख १० हजार रुपैयाँ प्रदान गरेको छ भने ३८ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २५ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ ।
 

मंगलबार, ०२ बैशाख २०८२, १६ : १४

प्रतिक्रिया