काठमाडौं- बीमा दोकानले बीमा गर्दा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको छ।
बीमा दोकानकाअनुसार पहिलो ८२ जनालाई बार्षिक किस्ता रू.१ लाख ५७ हजार १५८ मै ५० लाखको जीवन बीमासँगै ५ लाखको स्वास्थ्य बीमा पनि रहेको जनाएको छ। बीमा अवधिभित्र पूर्ण अशक्त भएमा १ लाख ३६ हजार बीमाशुल्क तिर्न नपर्ने, मासिक १६ हजारका दरले १० वर्षसम्म रकम पाउने लगायतको सुविधा रहेको दोकानले जनाएको छ।
साथै दोकानले किस्ताको १० प्रतिशत रकम तत्कालै तिर्नपर्ने र ३७ दिनभित्र बाँकी रकम जम्मा गरेर बीमालेख जारी गर्नुपर्ने जनाको छ। यसरी बीमालेख जारी भएको १० दिनभित्र १० प्रतिशत क्याशब्याक रकम बीमितले प्राप्त गर्ने दोकानले स्पष्ट पारेको छ।
प्रतिक्रिया