रुबि भ्याली हाइडोपावरले बोलायो साधारणसभा

बुधबार, ०३ बैशाख २०८२, १० : १८

काठमाडौं- रुबि भ्याली हाइडोपावर कम्पनीले वैशाख २४ गते, बुधबार आठौं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको दर्ता कार्यालय, काठमाडौं महानगरपालिकावडा नं.४, सुकेधारामा दिउँसोको १२ बजेदेखि सुरु हुनेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको आर्थिक वर्ष २०८० /८१ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, आगामी आर्थिक वर्षको लागि कार्य योजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समिक्षा गर्ने, संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।


 

बुधबार, ०३ बैशाख २०८२, १० : १८

प्रतिक्रिया