सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०३ बैशाख २०८२, १० : ५७

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य उच्च बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ८७ हजार हजार रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा एक लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १९ सय ४० मा कारोबार भएको चाँदी बुधबार १९ सय ५५ रुपैयाँ कायम भएको छ ।

बुधबार, ०३ बैशाख २०८२, १० : ५७

प्रतिक्रिया