कर वृद्धिबारे निर्णय अब चीनको हातमा छ: ट्रम्प

बुधबार, ०३ बैशाख २०८२, १२ : १३

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णय चीनको हातमा रहेको बताएका छन् ।

“बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,” ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ।

“चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठूलो छ र कुनै सानो छ,” उनले भने ।

ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो । ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो । -रासस

बुधबार, ०३ बैशाख २०८२, १२ : १३

प्रतिक्रिया