काठमाडौं- यती एअरलाइन्सले ग्राहकहरुको सहजताका लागि ‘स्वाइप एन्ड टच द स्काइ’ अफर सार्वजनिक गरेको छ ।
एअरलाइन्सले ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा अफर ल्याएको हो । अफरअन्तर्गत ग्लोबलको डेबिट कार्ड प्रयोग गरी एक हप्तामा कम्तीमा ३ पटक पीओएस टर्मिनलमा कारोबार गर्ने ग्राहकले माउन्टेन फ्लाइटको अवसर पाउनेछन् ।
यस योजनाबाट ३ जना भाग्यशाली जोडीले पुरस्कार स्वरूप हिमाल अवलोकनको अवसर प्राप्त गर्नेछन् । यती एअरलाइन्सले जनकपुर र काठमाडौंबीचको हवाई सेवामा दैनिक तीनवटा उडान सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया