बहुचर्चित युनिटी ठगी प्रकरण : सर्वोच्चद्वारा सञ्चालकहरु दोषी ठहर

बुधबार, ०३ बैशाख २०८२, १२ : ५८

काठमाडौं- बहुचर्चित युनिटी घोटाला काण्डमा सर्वोच्च अदालतले सञ्चालकहरूलाई दोषी ठहर  गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सञ्चालकहरूलाई दोषी ठहर गर्दै कैद र सजायको फैसला गरेको हो । 

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अध्यक्ष काशीराम गुरुङ र सञ्चालकहरू भीमबहादुर गुरुङ, इन्द्रबहादुर बिक, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री महेन्द्र केसी, विष्णुबहादुर क्षेत्रीलाई २ वर्ष ६ महिना कैद र जनही २५ हजार जरिवाना फैसला भएको छ । 

विष्णुबहादुर क्षेत्रीको मृत्यु भइसकेकाले कैद र जरिवाना कट्टा गरिएको छ । महाप्रबन्धक शिशिर योगीलाई १ वर्ष कैद १० हजार जरिवाना गरिएको छ ।  निर्देशक विश्वनाथ गौतमलाई १ वर्ष कैद १० हजार जरिवाना तोकिएको छ । बिगो यकिन गर्न सरकारले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बिगो यकिन गर्नेछ । 

बुधबार, ०३ बैशाख २०८२, १२ : ५८

प्रतिक्रिया