मधेस प्रदेशका पूर्वप्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, ०३ बैशाख २०८२, १५ : ०१

काठमाडौं- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको हो ।


 

बुधबार, ०३ बैशाख २०८२, १५ : ०१

प्रतिक्रिया