काठमाडौं- सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६२ करोड ११ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा दाबी रकमको ६२ करोड ११ लाख रूपैयाँ भुक्तानी गरेको हो ।
इन्स्योरेन्सको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा बीमितले कुल १८ सय ३९ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् । कुल दाबी भुक्तानी वापतको रकममध्ये चैत महिनामा मात्र २८१ वटा दाबी वापत ७ करोड २५ लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।
प्रतिक्रिया