मितेरी डेभलपमेन्ट बैंकको मुनाफामा वृद्धि

बुधबार, ०३ बैशाख २०८२, १६ : ४९

काठमाडौं  मितेरी डेभलपमेन्ट बैंकको खुद नाफामा वृद्धि भएको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा बढेको हो। चैत मसान्तसम्ममा बैंकले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११३.५१ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ७.४५ प्रतिशत र सञ्चालन मुनाफा ३५.४१ प्रतिशत बढेको छ। बैंकको प्रतिसेयर आम्दानी  १ रुपैयाँ ९४ पैसा बढेर  १० रुपैयाँ १३ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ६०.११ गुणा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ।

१ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ९ महिनामा ३.९५ प्रतिशत घटेको छ। सो ९ महिनामा बैंकको निक्षेप ३.९० प्रतिशत घटेको छ भने कर्जा तथा सापटी २२.४४ प्रतिशत बढेको छ।

बुधबार, ०३ बैशाख २०८२, १६ : ४९

प्रतिक्रिया