काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले नेप्सेमा आजसम्म कायम सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ः०.२७ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको छ।
कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकि लिमिटेड रहेको छ।
प्रतिक्रिया