काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नयाँ वर्ष कट्दैन भनेर आफूलाई कांग्रेस एमालेकै नेताहरुmले जानकारी दिएको प्रस्टीकरण दिएका छन् । बिहीबार प्रेस सेन्टर रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले राजनीतिक विश्लेषण र नेताहरुसँगको कुराकानीको आधारमा बताएको प्रष्टीकरण दिएका हुन् ।
साथै उनले आफूले सरकारबारे टिप्पणी गर्दा सरकारमा नभएकाले प्रचण्डले कुण्ठा पोखेको भनेर एमालेले प्रचार गरेकोप्रति आपत्ति जनाउँदै आफूलाई कुनै कुण्ठा नभएको बताए ।
यो सरकार मैले नयाँ वर्ष २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो’, प्रचण्डले भने, ‘नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार जाने स्थिति छैन भनेको हो ।’
प्रतिक्रिया