काठमाडौं– पोखरा महानगरपालिकाले महानगरभित्र हलगोरु पाल्ने किसानलाई अनुदान प्रदान गरेको छ । महानगरले प्रतिपरिवार रु १० हजारका दरले अनुदान दिएको हो ।
महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर जानकारी दिएको छ । पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको हो ।
गत भदौमा अनुदान सम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो ।
प्रतिक्रिया