काठमाडौं- नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबार १९ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १९ सय ६० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया