सुमनाले श्रेष्ठले दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा

विहीबार, ०४ बैशाख २०८२, ११ : ४६

काठमाडौं- प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् । 

रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सह-महामन्त्री पदबाट राजीनामा दिएकी हुन् । 

श्रेष्ठले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । श्रोतकाअनुसार आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।
 

विहीबार, ०४ बैशाख २०८२, ११ : ४६

प्रतिक्रिया