काठमाडौं- अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको यस वर्षको सय प्रभावशाली व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस परेका छन् ।
अप्रिल १७ मा जारी गरिएको यो वार्षिक सूचीमा राजनीति, विज्ञान, कला र सक्रियताका क्षेत्रहरूसँग सम्बन्धित व्यक्तिहरूलाई राखिएको छ । यो सूचीमा अमेरिकी राष्ट्रपति ट्रम्पदेखि टेस्लाका सीईओ एलोन मस्कसम्म रहेका छन् । पत्रिकाको यो वार्षिक सूचीलाई नेता, आइकन र टाइटन्स जस्ता कयौँ श्रेणीमा विभाजन गरिएको छ ।
नेताको सूचीमा बेलायती प्रधानमन्त्री केयर स्टारमर र अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि छन् । यस वर्ष टाइमको यो सूचीमा एक जना पनि भारतीय छैनन् । गत वर्षको सूचीमा आलिया भट्ट र साक्षी मलिक परेका थिए । -एजेन्सी
प्रतिक्रिया