काठमाडौं- कुमार कट्टेल निर्देशित चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको ५१ दिन पुरा गरेको छ ।
फागुन १४ बाट रिलिज भएको चलचित्रले आजबाट थुप्रै हलमा ५१औं दिन मनाइरहेको छ। यो सिनेमाले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औं दिन मनाएको हो ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यो चलचित्र अहिले पनि काठमाडौंका क्यूएफएक्स, आइएनआई चेनसहित एफक्युब, कीर्तिपुर, बीएसआर, रञ्जना, बिग, सीडीसीमा प्रदर्शन भइरहेको छ ।
‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता टिमले जानकारी दिएको छ।
चलचित्रमा सीताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापालगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया