काठमाडौं— नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य अपर तामाकोशी जलविद्युत कम्पनीको नयाँ अध्यक्षमा चयन भएका छन् ।
प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका शाक्यलाई समितिको चैत २९ गते बसेको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
शाक्यको अध्यक्षतामा कम्पनीले आगामी योजना र परियोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसमेत गरिएको बैठकले जनाएको छ ।
प्रतिक्रिया