भोलिदेखि आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी

विहीबार, ०४ बैशाख २०८२, १३ : ४५

काठमाडौं- सान्भि इनर्जी लिमिटेडले भोली शुक्रबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात् २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता सेयर सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ । 

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्न लागेको हो ।  

कम्पनीले आफ्नो चुक्ता पुँजीको ४७.०७ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता सेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासनको अनुमति पाएको थियो । 

जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालि–१, ३ र ४, सूर्योदय नगरपालिका–१० र ११ का आयोजना प्रभावित बासिन्दाको लागि आईपीओ खुल्ने छ । आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् । 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको २ लाख ९१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले  वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बाँडफाँड गरिसकेपछि कम्पनीले अनि सर्वसाधारणको लागि आईपीओ आवेदन खुलाउने छ ।  

कम्पनीले बिक्री प्रबन्धक र धितोपत्र निष्कासनको जिम्मा नेपाल एसबीआई मर्चेण्ड बैंकलाई दिएको छ ।

विहीबार, ०४ बैशाख २०८२, १३ : ४५

प्रतिक्रिया