काठमाडौं- हुन्डाईको लग्जरी एमपीभी स्टारिया ईभीमा आउने संकेत देखिएको छ । केही दिन अघि जर्मनीको नम्बर प्लेटमा पूर्ण ढाकेर परीक्षण भइरहेको अवस्था स्टारिया देखिएको हो ।
हुन्डाई स्टारियाको डिजेल भर्सन विश्वभर निकै चर्चा कमाएको मल्टी पर्पस भ्यान हो । यसलाई सन् २०२१ मा पहिलो पटक हुन्डाईले बिक्री सुरू गर्दा निकै फ्युचरस्टिक डिजाइन भनेर प्रशंसा गरिएको थियो ।
परीक्षणको क्रममा देखिएको स्टारियाको धेरै भाग छोपिएको छ ।हुन्डाईले आधिकारिक घोषणा नगरेपनि विभिन्न रिपोर्टअनुसार यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । ३५० न्यूटन मिटर पीकटर्क रहने स्टारियामा दुई ब्याट्री अप्सन उपलब्ध हुने दाबी गरिएको छ । जसमा ६३ किलोवाट आवर र ७६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
नेपालमा पनि हुन्डाईको क्रेटा ईभी, कोना ईभी र आयोनिक-५ बिक्री वितरण हुँदै आएको छ ।
प्रतिक्रिया