काठमाडौं- मध्यम आकारको मोटरसाइकल (२५० सीसी–७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो ।
रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पु¥याइने छ । यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ ।
यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ ।
दशकौँदेखि रोयल इनफिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा उभिएको छ । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ । इनफिल्डको स्वर्णयुगदेखि हालसम्म पनि यसले आफ्नो सान्दर्भिकतालाई पुष्टि गर्दै आएको छ । नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरुमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्ने विश्वास कम्पनीले लिएको छ ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भने, ‘नेपाली बजार हाम्रा लागि सधैँ विशेष रहँदै आएको छ । सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकप्रति ग्राहकहरूले दर्शाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौ । ग्राहकहरूसँग प्रगाढ सम्बन्ध र माया गाँस्न पाउँदा हामी निकै गौरवान्वित छौँ । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ । ग्राहकहरूले हामीलाई जति माया दर्शाउनुहुन्छ उत्तिनै हामी पनि ग्राहकका राईड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौँ । ग्राहकहरूसँग नवीन नाता गाँस्नका लागि हामी हाम्रो सञ्जाललाई पनि विस्तार गर्न पाउँदा असाध्यै खुशी छौँ । नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरबले यसलाई अझै सुन्दर बनाएको छ । हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिब अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास हामीले लिएका छौँ ।’
नेपालमा बढ्दो प्रिमियम मोटरसाइकलको मागलाई पूरा गर्न इनफिल्डको वृहत रणनीतिका निम्ति यो सुरूवात महत्वपूर्ण कोसेढुंगा हो । नयाँ क्लासिक ३५० ले एबीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिने
छ ।
न्यू क्लासिक ३५० सातवटा आकर्षक रबमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन्। प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिबसँगै आकर्षक डिजाइन रहेका छन्।
रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो । बीरगंजमा रहेको सिकेडिमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुन्छ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बंलादेश मा छ भने भारतको स्टेट अफ आर्ट मेनुफेक्चरिङ रहेको छ ।
भेरियन्ट | मूल्य (नेपाली रूपैयाँ) |
---|
हेरिटेज (मदरास रेड, जोधपूर ब्लू) | ५,५५००० |
हेरिटेज प्रिमिय (मेडालियन ब्रोन्ज) | ५,६६००० |
सिग्नल्स (कमाण्डो सेण्ड) | ५,६६००० |
डार्क (गन ग्रे स्टेल्थ ब्ल्याक) | ५,७३००० |
क्रोम (इमराल्ड) | ५,७९,९०० |
रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइक उत्पादन गर्दै आएको ब्राण्ड हो । बेलायती जगबाट उत्पादन सुरू गरेको यसले मद्रासमा १९५५ मा प्लान्ट निर्माण ग¥यो । यसले भारतमा मध्यम प्रकारको ट्व ह्वीलर विस्तारमा योगदा पु¥यायो । आकर्षक स्वरूप, बलियो क्षमताका कारण विशुद्ध मोटरसाइक्लिब्अनुभवका लागि रोयल इनफिल्ड निकै उपयोगी छ ।
रोयल इनफिल्डका थप प्रिमियम मोडलमा बियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन् । यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन्।
कम्पनीले हालसालै विद्युतीय सवारी ब्रान्ड फ्लाइब फ्ली पनि ल्याएको छ । व्यवसायिक राइडर तथा मोटरसाइकलमा रूची राख्ने समुदायमाझ रोयल इनफिल्ड आफ्नो ऐतिहासिक र कलात्मक विरासत जोगाउँदै नवीन प्रविधिमा आधारित उत्पादन ल्याउन सदैव तत्पर छ । इनफिल्डमै हजारौँ राइडहरूले उच्च हिमाली भेगदेखि गोवासम्को यात्रा हालसालै पार समेत गरेका थिए ।
आइचर मोटोर्स लिमेटेडको विभागका रूपमा रोयल इनफिल्डको २ हजार बढी स्टोर्स भारतमा रहेका छन् । यस्तै विश्वभरका विभिन्न ६० राष्ट्रमा ८५० स्टोर्स छन् । यसको बेलायत र भारतमा विश्वस्तरीय प्राविधिक केन्द्र पनि छ । विश्वभर रोयल इनफिल्डको ६ वटा सिकेडी छ जसमा बंगलादेश, नेपाल, ब्राजिल, थाइलाण्ड, अर्जेन्टिना र कोलम्बिया पर्छन्।
प्रतिक्रिया