नेपालको तथ्यांक समेटिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

विहीबार, ०४ बैशाख २०८२, १६ : ५५

काठमाडौं- फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल) ले  ‘फ्याक्ट्स अफ नेपाल २०२५’ पुस्तक सार्वजनिक गरेको छ। फ्याक्ट्स नेपालले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी तथा तथ्यांक संकलन गरेर तयार पारेको १०औं संस्करणको वार्षिक पुस्तक सार्वजनिक गरेको हो ।

नेपालको प्रमुख क्षेत्रहरु तथा प्रवृतिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकहरुको यस संग्रहले पाठकहरुलाई विभिन्न क्षेत्रगत बिषयहरुमा गहिरो अन्तर्दृष्टि प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

डेटा र इन्फोग्राफिक केन्द्रित यस पुस्तकमा क्षेत्रगत तथ्यांकको अन्तर्दृष्टि र विश्लेषण समावेश गरिएको छ । पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, समष्टिगत आर्थिक परिदृश्य, प्रमुख आर्थिक क्षेत्रहरु, पूर्वाधार र संचार, सामाजिक आयामहरु, सार्वजनिक सुरक्षा, लगायतका ८ खण्डहरु तथा ६४ उपखण्ड समेटिएका छन्।

यस संस्करणको पुस्तकमा नेपाल प्रोफाइल र प्रादेशिक प्रोफाइल खण्ड तथा वि.सं २०७२ सालको भूकम्प र कोभिड-१९ माहामारी पछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई छुट्टै खण्डमा विभिन्न क्षेत्रगत तथ्यांकबाट चित्रित गरिएको छ। 
 

विहीबार, ०४ बैशाख २०८२, १६ : ५५

प्रतिक्रिया