कोइरालोको मुल्य आकाशियो, किलोमै ११६ रुपैयाँ बढ्यो

शुक्रबार, ०५ बैशाख २०८२, ११ : ४६

काठमाडौं – बजारमा कोइरालोको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार कोइरालोको मूल्यवृद्धि भएको हो ।

कालीमाटी बजारमा आज कोइरालोको भाउ ५५ प्रतिशतले वृद्धि भएर ३ सय २६ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम भएको छ ।  बिहीबार कोइरालो प्रतिकेजी २ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज भने कोइरालोको मूल्य किलोमै १ सय रुपैयाँले बढेको हो ।

 
 
 
शुक्रबार, ०५ बैशाख २०८२, ११ : ४६

प्रतिक्रिया