काठमाडौं– बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वल्र्ड अर्बन कार अफ द इयर (World Urban Car of The Year) को उपाधि जित्न सफल भएको छ।
२०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो।
यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल एनईभी क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको छ।
बीवाईडी सिगलले ओसन एस्थेटिक्स (Ocean Aesthetics) डिजाइन दर्शनलाई समेटेको छ ।
जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ। उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी–फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि . (Cimex Inc. Pvt. Ltd.) ले पहिले नै बीवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने संकेत दिएको छ। यो मोडल नेपाली बजारमा एकदमै प्रतिक्षित रहँदै आएको छ।
प्रतिक्रिया