११ बुँदे माग राख्दै कर्मचारीहरूले घेरे राज्यव्यवस्था समितिको कार्यालय

शुक्रबार, ०५ बैशाख २०८२, १३ : १४

काठमाडौंं– निजामती कर्मचारीहरूले संसदको राज्यव्यवस्था तथा सुशासन समितिको कार्यालय घेराउ गरेका छन् । उनीहरूले शुक्रबार बिहान कार्यालय घेराउ गरेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले समिति कार्यालय घेराउ गरेका हुन् ।

उनीहरूले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ज्ञापनपत्र पनि बुझाएका छन् । उनीहरूले निजामति कर्मचारी भन्नाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई सम्झनुपर्ने भन्ने विषय परिभाषामा समेट्नुपर्ने माग राखेका छन् ।

साथै, ट्रेड युनियनको व्यवस्था, कुनै पनि पदमा ५ वर्ष सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि, अस्थायी करारमा काम गरेक कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नेलगायतका ११ बुँदे माग राखेका छन् ।

1-1744956385

 
शुक्रबार, ०५ बैशाख २०८२, १३ : १४

प्रतिक्रिया