गभर्नर बन्ने पक्का भएपछि कार्यकारी निर्देशकबाट भट्टले दिए राजीनामा

शुक्रबार, ०५ बैशाख २०८२, १३ : ३४

काठमाडौं – नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट गुणाकर भट्ट राजीनामा दिएका छन् । 

गभर्नरको दौडमा रहेका उनले गभर्नर बन्ने लगभग पक्का भएसँगै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको भूमिकामा रहेका भट्टलाई गभर्नर बन्नबाट राष्ट्र बैंक ऐन नै बाधक बन्ने भएपछि उनले पदबाट राजीनामा दिएको बताइन्छ ।

गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको भागवण्डा टुंगिएको हो । गभर्नर कांग्रेसको भागमा पर्नेगरी भागवण्डा टुंगिएपछि बिहिबार नै कांग्रेस सभापति शेरबहादुर देउावाले भट्लाई बोलाएर छलफल गर्दै भगर्नर बनाउने सिग्नल दिएका थिए ।

उच्च राजनीतिक तहबाटै ग्रिन सिग्नल पाएपछि भट्टले शुक्रबार राजिनामा दिएका हुन् । 

 
 
शुक्रबार, ०५ बैशाख २०८२, १३ : ३४

प्रतिक्रिया