प्रेमिल गीत ‘ए तन’ सार्वजनिक (भिडियो सहित)

शुक्रबार, ०५ बैशाख २०८२, १४ : ३५

 

काठमाडौँ– गायिका गीता पाण्डे र मनीष चौधरीको स्वर रहेको प्रेमिल गीत ए तन सार्वजनिक गरिएको छ । मनोज चौलागाईको शब्द तथा संगीत रहेको रोमान्टिक गीतमा चौलागाईकै संगीत संयोजन छ ।

लामो समय संगीत साधना गरेकी गायिका पाण्डे भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने सकेकी छैनन् । २०७४ सालमा एल्बम ‘यात्राु मार्फत सांगीतिक बजारमा आएकी गीताका भने तीन दर्जन बढी गीत सार्वजनिक भएका छन् । 

रचनाकार चौलागाईका यस अघि दश वटा गीत प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे । प्रेम प्रतिका सम्झनामा लेखिएको गीतको भिडियोमा मोडल रोजेन सुन्दास साथै मिशेल घिमिरे फिचर्ड छन् ।

 एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा भिडियोमा समेटिएको छ ।गीतको म्यूजिक भिडियो निर्देशन नितिन चन्दले गरेका छन् । उमेश शाहले छायाँङ्कन गरेको भिडियोको दृष्य सम्पादन बिकास धमलाले गरेका हुन् ।

 

 
 
 
 
 
शुक्रबार, ०५ बैशाख २०८२, १४ : ३५

प्रतिक्रिया