इजरायलको नयाँ युद्धविराम प्रस्ताव हमासले अस्वीकार गर्‍यो

शुक्रबार, ०५ बैशाख २०८२, १४ : ५७


 
काठमाडौं– इजरायलले ल्याएको नयाँ युद्धविराम प्रस्तावलाई प्यालेस्टाइनी विद्रोही समूह हमासले अस्वीकार गरेको छ ।

हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भिडियो सन्देशमार्फत युद्धविराम प्रस्ताव औपचारिक रूपमै अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

इजरायलको युद्ध विराम प्रस्तावमा प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको राजनीतिक एजेन्डा मात्र रहेको हमासको आरोप छ । इजरायलले अगाडि सारेको नयाँ प्रस्तावमा १० जना बन्धकको रिहाइको सट्टामा ४५ दिनको युद्धविराम प्रस्ताव गरिएको थियो । तर हमासले युद्ध समाप्त भए मात्रै युद्धविराम गर्ने प्रतिक्रिया दिएको छ । सबै बन्धकहरूको रिहाइको सट्टामा युद्ध समाप्त गर्नेुपर्ने हमासको माग छ ।

 
शुक्रबार, ०५ बैशाख २०८२, १४ : ५७

प्रतिक्रिया