काठमाडौं - वैकल्पिक राजनीति शक्तिको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भविष्यबारे बहस सुरु भएको छ । स्थापनापछिको पहिलो निर्वाचनमा नै २१ सिट जितेर संसदको चौथो दल बन्न सफल रास्वपा अहिले भने ठूलो संकटबाट ग्ज्रीएको छ । पार्टीका सभापति नै सहकारी ठगी, संगयठत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्धामा मुछिएपछि पार्टीैकै भविष्य संकटमा पर्न थालेको हो कि भन्ने आशंका कार्यकर्ता पंक्तिमा पनि परेको छ । सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामालाई यसैसँग जोडेर हेर्न थालिएको छ । उनले पार्टीको निर्णय पद्दतिप्रति असन्तोष व्यक्त गर्दै राजीनामा दिएकी हुन । जनताले पार्टीमाथि ठूलो आशा राखेको तर, पार्टीले डेलिभरि दिने क्षमता शून्य रहेको उनको निष्कर्ष छ ।
सुमनाको जस्तै आकांक्षा आम जनताले पनि राखेका थिए । रास्वपाले प्रदुषित राजनीतिलाई बदल्ने नारा दिएको थियो । तर उ आफै प्रदुषित राजनीतिमा चुर्लुम्म डुब्यो । पुरानै दलहरुको मतियार बनेर ऊ पनि सरकारमा सहभागी भयो । जसले गर्दा मानिसहरुको पार्टीप्रतिको दृष्टिकोण परिवर्तन हुनपुग्यो ।
सहमहामन्त्रीबाट राजीनामा दिँदै सुमनाले यस्तो निष्कर्ष निकालेकी हुन् । उनले ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गर्न सह महामन्त्री छोड्न लागेको बताए पनि आफ्ना असन्तुष्टिका विषयहरु लुकाउन सकेकी छैनन् ।
उनले लेखेकी छन्, ‘जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ । मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ, तर दलको प्रस्तुति सोचेजस्तो सशक्त नभएको गुनासोसँग मिश्रित । पुराना दलले लगाइदिएको सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिसोध साँधेको नारा मात्र अघि बढायौँ ।’
पार्टीमा सुधारको आवाज उठाउनेहरुको रास्वपामा पनि भविष्य सुरक्षित छैन भन्ने मुलुक ढकालको निष्काशसनले पनि पुष्टि गर्दछ । संभवत ः सुमना पनि लामो समय रास्वपामा नरहन सक्छिन । पार्टी बैठकमा धेरै कर्मकाण्डी प्रक्रिया अपनाइएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन् । वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको रास्वपामा ‘फ्ल्याट हाइरार्की’ सबैभन्दा प्रभावकारी हुने उनको धारणा छ ।
पार्टी सञ्चालन प्रक्रियामै उनको विमति देखिन्छ । उनले पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय लिने गरिएको गुनासो छ । पुराना पार्टीहरुमा आन्तरिक लोकतन्त्र नभएकोले मुख्य नेताको तानाशाही चल्ने गरेको छ । कांग्रेस, एमाले र माओवादी केन्द्र सबै पार्टीमा अध्यक्ष भन्दा तलका नेताहरु नेतृत्वको आलोचना गर्न सक्तैनन् । आलोचना गरे भने राजनीतिक जीवन नै समाप्त भएका उदाहरणहरु छन् । त्यो प्रवृत्ति रास्वपामा पनि देखिएको छ । मुकुल ढकालले ठूलो गल्ती केही पनि गरेका थिएनन् । पार्टीमा एउटा लोकतान्त्रिक पद्धति हुनुपर्दछ भन्ने मात्र उनको माग रहेको रास्वपाकै कार्यकर्ताहरु बताउँछन् । त्यसको रजाय उनले पार्टी नै छोड्नुपर्यो । आखिर नयाँ दल भनिए पनि पुरानो र सामन्ती चिन्तनबाट रास्वपा पनि मुक्त देखिएन । त्यसैले पनि होला उक्त पार्टीप्रतिको आकर्षण पनि ह्वात्तै घटेको देखिन्छ । गएको स्थानीय तहको उप निर्वाचनमा पाएको मतले पनि यस्तो दाबीलाई पुष्टि गर्दछ । के रास्वपाको भविष्यमाथि कालो बादल मडाएिकै हो त ?
प्रतिक्रिया