जनताको विश्वास जित्न आवश्यक सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिनेछौँ : मन्त्री यादव

शुक्रबार, ०५ बैशाख २०८२, १५ : ५६

काठमाडौँ – खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीता सुनिश्चित गरिने बताए । 

मन्त्री यादवले बोर्डले अघि सारेका योजनाहरूले नागरिकको जीवनस्तर, जनस्वास्थ्य तथा वातावरणीय दिगोपनमा अतुलनीय योगदान दिएको उल्लेख गरे । कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव ई.मीना श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख अशोककुमार पौडेल, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टिकाबहादुर चौधरीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
 

 
शुक्रबार, ०५ बैशाख २०८२, १५ : ५६

प्रतिक्रिया