काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षक महासंघका प्रतिनिधिबीच शुक्रबार भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री ओलीले आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीसँग शुक्रबार साँझ भेट्ने समय दिएका हुन् ।
यो भेटवार्ता साँझ ७ बजे हुने तय भएको महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघले आफ्ना मागबारे छलफलमा जुटेको छ ।
शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया