पकेटमै रकेटः रेडमी ए५ नेपाली बजारमा सार्वजनिक

शनिबार, ०६ बैशाख २०८२, १० : ४६

काठमाडौं- स्मार्टफोनको दुनियाँमा नयाँ क्रान्ति ल्याउने उद्देश्यसहित शाओमी नेपालले आफ्नो बजेट सेग्मेन्टको नयाँ स्मार्टफोन रेडमी ए५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन, दमदार क्यामेरा, लामो ब्याट्री ब्याकअप विशेषतासहित यो स्मार्टफोन ‘खुसीको ग्यारेन्टी, २ वर्ष वारेन्टी’ ट्यागलाइनका साथ शाओमी नेपालले नेपाली बजारमा सार्वजनिक गरेको हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भन्छन्, “नेपालमा रेडमी ए ५ प्रस्तुत गर्न पाउँदा हामीलाई गर्व लागेको छ । अत्याधुनिक सुविधा भएको रेडमी ए ५ सबैको पहुँचमा पुगोस् र दैनिक जीवनका आवश्यकता पूरा गर्न सहज होस् भनी यो फोन लञ्च गरिएको हो ।”

यस्ता छन् रेडमी ए५ का विशेषताहरुः

रेडमी ए५ मा ३२ मेगापिक्सेलको डुअल एआई क्यामेरा सिस्टम र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । रातको समयमा समेत अनुहार उज्यालो देखाउने ‘फिल लाइट’ सहितको सेल्फी अनुभवले सेल्फी प्रेमीलाई लोभ्याउनेछ । साथै नयाँ वाटरमार्क फिचरले फोटोमा व्यक्तिगत स्पर्श थप्नेछ ।

यस्तै ६.८८ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, आधुनिक फ्ल्याट फ्रेम र ८.२६ मिमी पातलो बनावटले रेडमी ए५ लाई थप आकर्षक बनाएको छ । यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड, र मिडनाइट ब्ल्याक गरी तीन रङमा उपलब्ध छ । साथै यस फोनको तौल १९३ ग्राम मात्रै रहेको छ ।

फोनमा रहेको ५२०० एमएएच ब्याट्रीले १.४५ दिनको प्रयोग समय दिन्छ भने १५ वाट फास्ट चार्जिङ सपोर्टले छोटो समयमा चार्ज हुन्छ । युनिसोक टी७२५० ओक्टा–कोर प्रोसेसर र ८ जीबीसम्मको डायनामिक मेमोरी विस्तारका साथ फोनले एन्टुटु बेन्चमार्कमा २ लाख ६० हजारभन्दा बढी स्कोर हासिल गरेको छ । शाओमीको सशक्त परीक्षणमा उत्तीर्ण रेडमी ए५ एन्ड्रोइड १५ गो एडिसनमा आधारित छ ।

फोन ३/६४ जीबी भेरिएन्टमा १० हजार ९९९ रुपैयाँमा र ४/१२८ जीबी भेरिएन्टमा ११ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । सम्पूर्ण रेड्मीका स्टोरहरू र अधिकृत खुद्रा विक्रेतामार्फत नेपालभर बिक्री सुरु भइसकेको छ ।

शनिबार, ०६ बैशाख २०८२, १० : ४६

प्रतिक्रिया