काठमाडौं- बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।
पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । ९ः३० बजेतिर मोटरसाइकलमा आएका युवाले २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया