स्थापना दिवसमा नेविसंघको वृक्षारोपण कार्यक्रम

शनिबार, ०६ बैशाख २०८२, ११ : ३८

काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५६ औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले वृक्षारोपण गरेको हो ।

नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाका अनुसार स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गर्नुका साथै नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका नेता प्रकाश शरण महत थिए। नेविसंघले घडीघर वरपर वृक्षारोपण गरेको हो।

शनिबार, ०६ बैशाख २०८२, ११ : ३८

प्रतिक्रिया