सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्चलाई खाद्यान्न सामग्री प्रदान

शनिबार, ०६ बैशाख २०८२, ११ : ४४

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ ।

कम्पनीले नेपालको कर्णाली प्रदेश स्थित बादी समुदायका करिब १३० जना अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको उक्त संस्थालाई करिब एक महिनालाई पर्याप्त हुने खाद्यान्न सहयोग गरेको हो । कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको छ । 

हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ ।

आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै प्रमुख व्यवसाय अधिकृत धोज बहादुर खड्का साथमा कार्यालयका अन्य अधिकारीहरूद्वारा बादी सरोकार मञ्च नेपालका संचालक हिक्मत बादीलाइ खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो ।

सिटिजन लाइफको यस सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा गरिएको छ ।

शनिबार, ०६ बैशाख २०८२, ११ : ४४

प्रतिक्रिया