काठमाडौं- यस साता नेप्से परिसूचक १.९४ प्रतिशत अर्थात् ५२.०३ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको छ। गत साता २६७०.०७ विन्दुमा बन्द भएको नेप्से यो साता ५२.०३ अंकले बढेर २७२२.७३ विन्दु पुगेको हो ।
चार दिन कारोबार खुलेको यस साता एकदिन घटेको नेप्से परिसूचक तीन कारोबार दिन भने बढेको थियो भने एक कारोबार दिन मात्र घटेको थियो। साताको दोस्रो कारोबार दिन नयाँ वर्षको पहिलो दिन सार्वजनिक बिदा परेकाले सेयर बजारमा कारोबार भएन । पहिलो कारोबार दिन अर्थात् चैतको अन्तिम दिन घटेको नेप्से २०८२ को पहिलो साताका कारोबार दिनहरुमा लगातार बढेको हो ।
साताको पहिलो कारोबार दिन नेप्से ८.८४ अंकले घटेर २ ६६१.८६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २९ लाख रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से २७.१४ अंकले बढेर २६८९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ९.७५ अंकले बढेर २६९८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५ सय ३२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २६ करोड५१ लाख २२ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस साता १ सय ६५ कम्पनीहरुको चार अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
प्रतिक्रिया