काठमाडौं- कलश इभेन्ट प्रालिले लिटिल मिस एन्जेल र लिटल मास्टर नेपाल २०२५ का लागि आवेदन खुलाएको छ। यहि जेठ १० गते देखि सुरु हुने प्रतियोगितामा ९ वर्षदेखि १३ वर्ष पुगेका बालबालिकाहरुले भाग लिन सक्नेछन् । यो लिटिल मिस एन्जेलको छैठौं र लिटल मास्टर नेपालको तेश्रो संस्करण हो।
प्रतियोगिताका सहभागीहरुलाई व्यक्तित्व विकास लगायत नेतृत्व, आत्मविश्वास, बाल यौन दुर्व्यवहार बारे सचेतना कक्षा (गुड टचरब्याड टच),ध्यान, योग ,पौडी, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व जस्ता बिषयमा प्रशिक्षण दिनुका साथै सिर्जनात्मक क्रियाकलापमा प्रतियोगीलाई सहभागी गराईने आयोजकले बताएको छ ।
आवेदन शुल्क ५०० रहेको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी-सर्ट प्राप्त गर्नेछन्।
तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ । रोहिया महर्जनको कोरियोग्रफिमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार सहित विभिन्न गिफ्ट हम्प्पेरहरु प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया