काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
पहिलो खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ। खेल पौने दिउँसो ४ बजे सुरु हुनेछ । ६ खेलमा ५ खेल जितेको दिल्ली शीर्षस्थानमा छ भने गुजरात ६ खेलमा ४ खेल जितेर तेस्रो स्थानमा छ ।
यस्तै दोस्रो खेल जयपुरको सवाइ मानसिंह स्टेडियममा बेलुका राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच हुनेछ । यो खेल साँझ पौने ८ बजेदेखि सुरु हुनेछ । राजस्थानले ७ खेलमा २ जित मात्र निकालेको छ भने लखनउले ७ खेलमा ४ जित निकालेको छ ।
प्रतिक्रिया