वर्षाका कारण निर्णायक खेल रद्द, रोकियो नेपालको विश्वकप यात्रा

शनिबार, ०६ बैशाख २०८२, १४ : ३९

काठमाडौं- आईसीसी यू १९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल वर्षाका कारण रद्द हुँदा नेपाल विश्वकप यात्रा पनि टुंगिएको छ । 

नेपाल र अफगानिस्तानले अंक बाड्दा नेट रन रेटका आधारमा माथि रहेको अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।
नेपालको भने यसपटकको विश्वकप यात्रा समाप्त भएको छ ।

नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जितेर समान ७ अंक जोडेका थिए ।

बिहानैदेखि भइरहेको वर्षाका कारण खेलमा टस समेत हुन सकेन र अन्तिममा वर्षा रोकिएपनि खराब पिचका कारण खेल रद्द भएको हो ।  

शनिबार, ०६ बैशाख २०८२, १४ : ३९

प्रतिक्रिया