काठमाडौं- यस वर्षको पारिजात स्मृति सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार जना स्रष्टालाई प्रदान गरिएको छ । पारिजात स्मृति दिवसका अवसरमा आज पारिजात स्मृति केन्द्रले काठमाडौँमा एक समारोहको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो ।
यसवर्षको पारिजात कला सम्मान चित्र तथा मूर्तिकार एवं अग्रज कलाकार उत्तम डंगोललाई प्रदान गरिएको छ । चित्रकला र मूर्तिकलाका माध्यामबाट सामाजिक रुपान्तरणको अभियानमा पुर्याएको योगदानको कदर गर्दै पारिजात स्मृति केन्द्रले उनलाई सम्मान गरेको हो । लामो समयदेखि कला क्षेत्रमा सक्रिय कलाकार डंगोल दर्जनौं एकल तथा संयुक्त कला प्रदर्शनीमा सहभागी भएका छन् ।
केन्द्रले पारिजात बाल साहित्य सम्मान बाल साहित्यकार तेजप्रसाद श्रेष्ठ, सिर्जना सम्मान साहित्यकार विना थिङ र पारिजात संघर्षशील नारी सम्मानबाट डा विन्दा पाण्डेलाई सम्मान गरेको छ।
उनीहरु सबैलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले नगद राशिसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
प्रतिक्रिया