काठमाडौं- सत्तारुढ कांग्रेस, एमाले र प्रतिपक्षी माओवादीका तीन शीर्ष नेताहरु गणतन्त्र र संविधानको रक्षार्थ एक हुन सहमत भएका छन् ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले नेताहरुले समान मत प्रकट गरेका हुन् ।
बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले आजको बैठकमा समसामयिक राजनीति र देशको विद्यमान परिस्थितिबारे छलफल भएको जानकारी दिए । उनले भने, ‘विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्नेबारे छलफल भएको छ ।’
त्यस्तै, बैठकमा संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमन चयनमा खलल पुर्याउनेहरूसँग सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दल र गणतन्त्र पक्षधर एक ठाउँमा उभिनुपर्नेमा नेताहरूले समान मत प्रकट गरेको खरेलको भनाई छ ।
प्रतिक्रिया