पर्यटन मन्त्री पाण्डे र अध्यक्ष अधिकारीको मिलेमतोमा वायुसेवा निगममा ब्रह्मलुट

डटपेन खरिददेखि विमान मर्मत र निगमको टिकटमा समेत कमिसन

आइतबार, ०७ बैशाख २०८२, ११ : ०९

काठमाण्डौं- मुलुकको एक मात्रै सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको लापरबाहीका कारण विमान विहीन अवस्था निम्तिएको छ । वायु सेवा निगम धराशायी हुँदा पनि अधिकारीलाई कुनै कारवाही नगरिकन पर्यटन मन्त्री निरीह भएर बसिरहेको छन् । यसले वर्तमान सरकारको ध्यान आफ्नो सत्ता टिकाउन मात्रै केन्द्रित भएको देखिन्छ ।

२०५० साल सम्म अन्तर्राष्ट्रिय हवाईसेवाको लागि निगमसँग ४ वटा जेट विमान थियो ।  सोही समयमा दुईवटा जेट बिक्री गरेर त्यसको सोधभर्नाको रुपमा २३ वर्ष सम्म कुनै विमान खरिद गरिएन। यसरी दुईवटा विमानले मात्र व्यापार गर्न बाध्य भएकोले एकताका ४०/५० प्रतिशत बजार हिस्सा ओगटेर बसेको राष्ट्रीय ध्वजाबाहकको बजार हिस्सा ३ प्रतिशतमा खुम्चन पुगेको थियो। 

अरु विदेशी एयरलाइन्सहरुको आआफ्नो हवाई रुटमा एकाधिकार गर्न छुट पाएकोले विश्वमा नै सवभन्दा महँगो हवाई गन्तव्य मध्ये एक मुलुक नेपाल हुन पुगेको छ । वायुसेवा निगमको असक्षम कार्यकारी प्रमुख हटाउन कोसिस नगर्ने सरकारले पर्यटनलाई उच्च प्राथमिकता दिइरहेका छौँ भन्ने हरेक पर्यटन मन्त्रीहरुको अभिव्यक्ति अब सफेद झुट भएको पुष्टि हुन्छ । 

विसं २०६५ र विसं २०७३ मा निगमले अन्तर्राष्ट्रिय सेवातर्फको व्यापार बढाउन विमान खरिद गर्न टेण्डर गरेर अहिले संचालनमा रहेको चारवटा जेट विमान खरिद गरिएको हो। आ.व. २०७४/७५ सम्म नाफामा गएको निगम युवराज अधिकारी नियुक्ति पछि उनको कमसल नेतुत्व र असक्षम व्यवस्थापनको कारण क्रमिक रुपमा घाटामा जान थालेको हो। 

चारवटा विमान खरिद गरेकोले नै अहिले सम्म नेपाल वायुसेवा निगम संचालनमा रहेको तथ्य थाहा हुँदाहुँदै वर्तमान कार्यकारी अध्यक्ष अधिकारीले विमान खरिद गर्नु नै गलत हुने भन्दै निगमका कर्मचारीहरुलाई भड्काउने काम गरिरहेको एक युनियनका पदाधिकारी बताउँछन् ।

उनलाई नियुक्त गर्ने पर्यटन मन्त्री प्रेम आलेले अक्षम, भ्रष्ट र कामै नलाग्ने व्यक्ति नियुक्ति गर्न पुगेको भनेर खुल्ला रुपमा स्वीकार गरिसकेका छन् ।  गल्ती महसुस गरी मन्त्रिपरिषदबाटै निर्णय गरेर अधिकारीलाई बर्खास्त गरिए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशले अहिले सम्म उनी कुर्सीमा बसिरहेका छन् । 

डटपेन खरिद देखि विमान मर्मत र निगमको टिकेट बेचे बापत ट्राभेल एजेन्सीले विधिवत रुपमा पाउने कमिसनबाट पनि जबरदस्ती भाग खोजेर महिनाको करोडौं रुपैयाको भ्रष्टाचार गरिरहेको सबै कर्मचारीलाई जानकारी भएको स्रोतले बतायो । उनलाई हटाउन वर्तमान सरकारले पनि गम्भीर प्रयाससम्म नगरेको देखिन्छ। पर्यटन मन्त्रीलाई अदालतको अन्तरिम आदेशको बहाना बनाएर अध्यक्ष अधिकारीसँगको मिलेमतोमा निगममाम ब्रम्हलुट गरिरहेको स्रोतको दाबी छ ।

प्रेम आले पछिका हरेक पर्यटन मन्त्रीले सुरुवाती चरणमा निगमका कार्यकारी अध्यक्षअधिकारीलाई हटाउन खोजेको भनि प्रचार प्रसार गर्छन्। निगमका अर्का एक कर्मचारी युनियनकोका पदाधिकारीको भनाई अनुसार  एक चतुर खेलाडीका रुपमा रहेका अधिकारीको कारण निगम धराशायी हुने अवस्थामा पुग्दा पनि उनले अविछिन्न रुपमा बिना रोकतोक मनपरी निगम चलाइरहेका छन्। 


 

आइतबार, ०७ बैशाख २०८२, ११ : ०९

प्रतिक्रिया