काठमाडौं- डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्षका लागि डिष्ट्रिक्ट गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचित भएका छन्।
राष्ट्रिय सभागृह, काठमाडौंमा सम्पन्न तेस्रो कन्भेन्सनबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पीडीजी लायन ध्रुबबहादुर थापा, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बाँस्तोला र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ल निर्वाचित भएका छन्।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महानायक राजेश हमाल, इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, जीईटी एरिया लिडर लायन खगेन्द्र सिटौला, एलसिआईएफ एरिया लिडर लायन राजन लम्साल र मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश कुमार लामाको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले आफ्नो कार्यकालका लागि डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा लायन पुरुषोत्तम बस्नेत, क्याबिनेट ट्रेजररमा लायन देवी गुरुङ र चिफ एडभाइजरमा लायन कृष्ण प्रसाद शर्मालाई मनोनित गरेका छन्। साथै उनले आगामी वर्षका लागि आफ्नो थिम “एक अर्कालाई सम्मान गरौं” र मुख्य कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश श्रेष्ठले नेपालमा लायन्स क्लबहरूले गरेका सामाजिक कार्यहरूको प्रशंसा गरे। विशेष अतिथि तथा प्रमुख वक्ताको रूपमा उपस्थित महानायक राजेश हमालले मानव जीवनको कल्याणका लागि सबैले आफू सक्षम बनेर कम्तिमा एकजनाको अनुहारमा खुशी ल्याउने प्रयत्न गर्नुपर्नेमा जोड दिए।
हालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नरसहित सम्पूर्ण टिमलाई बधाई दिँदै डिष्ट्रिक्ट ३२५ जे लाई सधैं सफल डिष्ट्रिक्टका रूपमा चिनाउँदै सामाजिक कार्यहरू गर्न आग्रह गरिन्। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरूलाई प्रशंसा पत्र तथा मेडलबाट सम्मान गरिएको थियो।
यस अवसरमा लायन्स लिडर लायन बोध बहादुर राउत क्षेत्री र सगरमाथा आरोहण गर्ने लायन्स लिडर विष्णु प्रसाद भुसाललाई विशेष सम्मान गरिएको थियो। डिष्ट्रिक्ट ३२५ जे नेपालका करिब ७०० भन्दा बढी लायन्स लिडरहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं बनस्थलीले आयोजना गरेको डिष्ट्रिक्टका पिआरओ इनचिफ लायन रामराजा थापाले जानकारी दिए।
प्रतिक्रिया