काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (९ महिना) को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४१२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०९.०४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २३.६८ प्रतिशत र सञ्चालन मुनाफा ८.८८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ करोड ८१ लाख रुपैयाँ रिभर्स भएको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि ५३ पैसा घटेर ५ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४९.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ८१ पैसा रहेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया