सगरमाथा लुम्बिनीले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्दै

आइतबार, ०७ बैशाख २०८२, १२ : २७

काठमाडौं-  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव पारित गर्न सभा बलाएको हो ।

कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 

सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन वैशाख १६ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

आइतबार, ०७ बैशाख २०८२, १२ : २७

प्रतिक्रिया